प्रशान्त क्षेत्रमा शान्ति स्थापना भए मात्र विश्व ढुक्कसँग निदाउन सक्छः जापानी विज्ञ

टोकियो । विश्वका प्रबुद्ध व्यक्तिहरुको सम्मेलन फििफ्थ थिङ्क टाङ्क समिट) मा जापानका विज्ञहरुले एसिया प्यासिफीक क्षेत्रको स्थिरताका लागि विश्व एक जुट हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा कार्यपत्र पुस्तुत गर्दै जापानी विज्ञहरुले प्रशान्त क्षेत्रमा शान्ति स्थापना भए मात्र विश्व ढुक्कसँग निदाउन सक्ने बताएका थिए ।

सोमबारबाट बेइजिङमा सुरु भएको सम्मेलनमा छलफलका लागि चीन, जापान, दक्षिण कोरिया लगायत विश्वका अन्य मुलुकका गरी १०० भन्दा बढी विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा दिगो विकासका लागि विश्वको भूमिकाबारे छलफल गरिएको आयोजक ‘चाइना सेन्टर फर इन्टरनेसनल एक्सजेन्ज’ ले बताएको छ ।

सम्मेलनमा विश्वव्यापीकरण, दिगो विकास, बेल्ट एन्ड रोड पहलकदमी र क्षेत्रीय एवम् विश्वव्यापी सुरक्षालगायतका विषयमा छलफल गरिने आयोजकले बताएको छ ।

विश्वभरीका अनुसन्धानकर्ता नयाँ परिवेशमा विश्वव्यापी समस्याको अध्ययनमा थप ध्यानपूर्वक अघि बढ्नुपर्ने, विश्वभर असल शासन र सुधारका कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय नियममा आवश्यक परिवर्तन गरिनुपर्नेलगायतका कुरामा जोड दिइने ‘नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’ का उपप्रमुख चेन युयानले उदघाटन सत्रमा बताएका थिए।

उक्त अवसरमा चेनले बेल्ट एन्ड रोड इनिसिएटिभ र विश्वका नयाँ चुनौतीका विषयमा विश्वका विद्वानहरुको सहभागिताका लागि अनुरोध गरे । उनले रोड एन्ड इनिसिएटिभका विषयमा आफ्ना गहकिला सुझाव आउनु भनी आग्रह गरेका थिए ।

उक्त अवसरमा सहभागीले विश्वव्यापीकरण विकसित सामाजिक उत्पादकत्वका लागि आवश्यक सर्त भएको र वैज्ञानिक र प्राविधिक प्रगतिबारे प्राकृतिक परिणाम भएको बताएका आयोजकले बताएको छ ।

उनीहरुले विश्वको आर्थिक सुधार जटिल भएको तर यसको समाधान विश्वका कुनै समस्यालाई देखाएर पन्छिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?