जापानमा रहेका नेपालीको स्वास्थ्य समस्या र आत्महत्याको कारण सहितको प्रतिवेदन बुझाइयो (प्रतिवेदन सहित)

टोकियो । पछिल्लो समयमा जापानमा रहेका नेपालीहरुमा देखिएको स्वास्थ्य समस्या, अकाल निधन र आत्महत्याका बारेमा जाँचबुझ गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले एनआरएन जापानका अध्यक्ष सुदन थापालाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको हो ।

डा. विजय ज्ञवालीको संयोजकत्वमा गठित समितिले बुझाएको २४ पेज लामो प्रतिवेदनमा सात बुँदे निश्कर्ष र दश बुँदे सुझाव देखाइएको छ ।

समितिमा डा. प्रकाश शाक्य, डा.शन्दिप शाक्य, डा. दिपेन्द्र गौतम, डा लक्ष्मीप्रसाद पराजुली, टाशी लामा, आनन्द कोइराला, बुद्धि घिमिरे र जनकबिक्रम शाही रहेका थिए ।
यस्तो छ प्रेस विज्ञप्ती

प्रेस नोट

जापानमा पछिल्लो समयमा नेपाली माझ बिबिध स्वास्थ्य समस्या, अकाल निधन र आत्महत्या जस्ता घटना बढी रहेको परिप्रेक्षमा गैर आबशिय नेपाली संघ ,जापानले डा.विजय ज्ञवालीको संयोजकतामा गठन गरेको स्वास्थ्य समस्या तथा  पहुच सम्बन्धि अध्ययन समितिले आज गैर आबशिय नेपाली संघ ,जापानका अध्यक्ष सुदन थापालाइ आफ़्नो प्रतिबेदन बुझाएको छ | डा. प्रकाश शाक्य , डा. सन्दिप शाक्य , डा. दिपेन्द्र गौतम , डा . लक्ष्मी प्रसाद पराजुली , टाशी लामा , आनन्द कोइराला , बुद्दि घिमिरे र जनक बिक्रम शाही सम्मेलित समिति ले आज टोक्योमा एक कार्यक्रम गर्दै प्रतिबेदन बुझाएको हो | अध्ययनको क्रममा सर्व साधारण तर्फ ३५३ जना सस्थाबाट ३३ वटा सस्थाले सहभागिता जनाएका थिए | त्यस बाहेक स्वास्थ्य भाषा अनुवादक , हेल्थ कोअर्डिनेटर , बिसय बिज्ञहरु सित पनि अन्तरबार्ता गरिएको थियो | २४ पेज लामो प्रतिबेदनमा अध्ययन समितिले ७ बुदे  निस्कर्स निकालेको छ र जसको आधारमा १० बुदाको सुझाब तयार गरेका छ  | ति निम्न लिखित छन् | |

१)  नेपाली राजदुतावास, एन. आर. एन. ए. जापान र विभिन्न सामाजिक संस्था मिलेर निश्चित संयन्त्रको  निर्माण गर्नु जरुरि छ | उक्त संयन्त्रले नेपालीहरुको स्वास्थ्य पहुँचमा राम्रो भूमिका खेल्न सक्छ | जुन टिममा भाषा अनुवादक, स्वयम् सेवक र स्वास्थ्य कर्मी समावेश  हुन सक्छन | यो संयन्त्रले कसरि काम गर्न सक्छ भन्ने कुराको सुनिश्चितताको लागि पहिले परिक्षण गर्न सकिन्छ | उदाहरणको लागि यदि कुनै व्यक्ति बिरामी भयो उसले त्यो टिमको कुनै पनि सदस्यलाइ फोन गर्न सक्छ | उक्त सदस्यले समस्यामा परेर फोन गरेको व्यक्तिको समस्या विस्तृतमा बुझी सोहि अनुसार आवस्यक सल्लाह र जानकारी प्रदान गर्ने काम गर्दछ जस्तै:-  उसको नजिकको अस्पतालको खोजि गरेर अस्पतालको जाने तरिका नियमको जानकारी दिने, यदि बिरामी भाषा जान्दैन भने उसले निश्चित शुल्क तिरेर भाषा अनुवादक पनि लैजान सक्ने र कतिपय अवस्थामा नेपाली भाषामा उपचार सम्भव हुने अस्पतालमा पनि बिरामी पठाउन सकिन्छ जस्तै टोक्यो स्थित साकुरा क्लिनिक ,अग्ग्रेजी भाषा जान्ने बिरामी छ भने अग्रेजी उपलब्ध हुने क्लिनिकको जानकारी दिन सकिन्छ | यस्तो संयन्त्रले  हप्ताको एक पटक निश्चित समय तोकेर टेलिफोन परामर्श चलाउन सक्छ | यस्तो प्रकारको निसुल्क टेलीफोन सेवाले नेपालीको अन्य समस्यालाइ पनि सम्बोधन गर्न सक्ने छ |

 

२)  स्वास्थ्य भाषा अनुवादकको तयारीको लागि  गर्न विभिन्न गैर नाफामुलक संस्थासित सहकार्य गर्न सकिन्छ  (eg. APFS, SHARE)| यी संस्थाहरुको पहलमा केहि अनुवादकहरुको तालिम भै सकेको छ | ति तालिम प्राप्त व्यक्तिको अनुभवको आधारमा पनि यस्तो तालिमको प्रभावकारिताको बारेमा जान्न सकिन्छ |हामी स्वास्थ्य सित सम्बन्धित भाषा अनुवादकको तालिम संचालनको सुझाब दिन चाहन्छौ |

 

३ ) अध्ययनको क्रममा सहभागी मध्ये २८ प्रतिशत  नेपालीले बिमा शुल्क नतिर्ने र कुनै पनि बिमा पनि नभएका नेपाली पनि भएकोले त्यस्तो नेपालीहरुलाइ लक्षित गरेर चेतना मुलक कार्यक्रम गर्नु पर्ने देखिन्छ | बिमाका फाइदाको बारेमा जानकारी नहुँदा  धेरैले बिमा नतिर्ने, सिटी अफिस सित कुनै सम्पर्क नगर्दा कमाई नहुँदा नि धेरै बिमा रकम आउने जस्ता समस्याहरु देखिएकोले यो सम्बन्धमा जानकारी मुलक कार्यक्रम गर्नु अत्यन्त आवस्यक देखिन्छ |

४)  जापानका कतिपय जापानी भाषा स्कूलले आफ्ना विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण नगर्ने समस्या गम्भीर रुपमा देखिएको छ | यो सम्बन्धमा नेपाली राजदुतावास र एन. आर. एन. ए. जापानले तुरुन्तै जापानको सम्बधित निकायको ध्यान आकर्षण गराउन जरुरि छ |

५ )  जापान आउनु पूर्व जुन सुकै भिसामा आउने नेपालीलाइ कुनै पनि स्वास्थ्य जांच गर्न अनिवार्य गरिएको छैन | जसको कारण जापानमा भर्खर आएको व्यक्तिमा पनि  विभिन्न स्वास्थ्य समस्याहरु देखिएको छ | लामो समय देखि आफुमा स्वास्थ्य समस्या हुँदा पनि स्वास्थ्य परिक्षण नगरेको कारण रोग पुरानो भै जीवन समेत गुमाउन परेको घटनाहरु पनि देखिएकोले जापान आउनु पूर्वको स्वास्थ्य परिक्षण अनिवार्य गरिनु र जापान आए पछि पनि कुक , विधार्थी र सबै प्रकारका भिसामा भएकाहरुको  अनिवार्य  स्वास्थ्य परिक्षण गराउन सम्बधित निकाएको ध्यान आकर्षण गराउन जरुरि छ | जापानी कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई वार्षिक रुपमा स्वास्थ्य परिक्षण गराउने नियम भएपनि नेपालीहरुको कम्पनीहरुले बिशेष गरि तोकिएको समय भन्दा बढी काम लगाउने, आरामको समयको कमि , जीवन बिमा नगरी दिने र गर्नु पर्ने नियमित स्वास्थ्य परिक्षण नगरी दिने जस्ता समस्यामा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ | जापान सरकारको नियम अनुसार तोकिएको भन्दा बढि समय काम गराउने र जीवन विमा नगरिदिने, समयमा स्वास्थ्य परिक्षण नगरिदिने जस्ता प्रचलन हरुलाई  पनि अनुगमन गर्न आवश्यक छ ।यो विषयमा जापान सरकारको सम्बन्धित निकायको पनि ध्यान आकर्षण गराउन जरुरि छ |

 

६)  स्वास्थ्य चेतनाको अभावमा केहि नेपालीहरुको मृत्यु भएको घटना अध्ययनको क्रममा पाइएको छ | चिकित्सकको सल्लाह नमानेर अत्यधिक मादक पदार्थको सेवन, कुनै पनि मानशिक समस्या देखा पर्ना साथ  अस्पताल नजानु, औषधिको सेवन नियमित नगर्नु, नेपालबाट औषधि ल्याएर प्रयोग गर्नु, अत्यन्त बढी श्रम गर्नु, खानपानको बेवास्ता गर्नु, पानी नपिउने आदि कारणले  विभिन्न स्वास्थ्य समस्याहरु देखिने गरेका छन् | तसर्थ जापानवासी नेपालीलाई नियमित रुपमा स्वास्थ्य जनचेतना मुलक कार्यक्रम आयोजना गर्नु अपरिहार्य  देखिन्छ |

७ ) यस अध्ययनको क्रममा धेरै जनाले जापान आइसके पछि धुम्रपान र मध्यपानको सुरुवात गरेको देखिएको छ | बिदेशी भुमिमा आइसकेपछि प्राप्त हुने स्वतन्त्रतालाइ सदुपयोग गर्न नसक्दा स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष  रुपमा हानि हुने क्रियाकलापमा आदत बनाउने नेपालीको संख्या बढेकोले त्यो तर्फ जिम्मेवार संस्थाहरुले ध्यान दिनु पर्ने देखिन्छ |

८) अध्ययनको क्रममा नेपालीहरुले आउने सामाजिक सहयोग अत्यन्त कमजोर भएको कुरा प्रस्ट रुपमा सहभागीहरुले बताएका छन् | तसर्थ जापानमा रहेको बिदेशीले प्राप्त गर्ने सामाजिक सुरक्षाको जानकारी दिएर सामाजिक सुरक्षाको प्रणालीमा नेपालीलाइ प्रवेश गराउनु अत्यन्त जरुरि छ | नेपाली सित सम्बन्धित संघ सस्थाले आपसी समन्नय गरि नेपालीहरुलाइ सामाजिक रुपमा सुरक्षित अनुभूति गराउनु अन्त्यत जरुरि देखिन्छ |

९) बिदेशी भुमिमा भैरहेको आत्महत्यामा अर्को भूमिका मानशिक रोग सित सम्बन्धित मिथ्याले पनि ठुलो भूमिका खेलेको छ | लामो समय सम्म मानशिक स्वास्थ्य सित सम्बन्धित समस्या हुदा पनि उपचारमा नजाने नेपालीको सख्या उल्लेखनिय रहेको छ | तसर्थ मानशिक स्वास्थ्य सित सम्बन्धित सामाजिक मिथ्यालाइ हटाउन सबै पक्षले जनचेतना मुलक कार्यक्रम गर्नु जरुरि छ |

१०) नेपालीहरुको सख्या बढे संगै मनोसामाजिक समस्या बढेको देखिन्छ | अस्पस्ट सम्बन्ध, पारिबारिक समस्या, आर्थिक समस्या , बेरोजगारी , अल्कोहलिजम जस्ता समस्याका कारण मनोसामाजिक समस्या बढेको छ | जसको कारण कतिपय गम्भीर अवस्थामा आत्महत्याका घटना पनि घटेका छन् | यो समस्या निराकरणको लागि नेपाली राजदुताबास , एन आर एन ए जापान र अन्य संघ सस्थाले सहयोग संयन्त्रको बिकाश गर्नु जरुरि छ|

यो प्रतिबेदन तयार गर्ने क्रममा समितिको कार्यमा प्रोत्साहन गर्ने नेपाली राजदुताबास जापानका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल प्रति समितिले धन्यवाद ज्ञापन गरेको छ  | समितिका सम्पूर्ण सल्लाहकार गैर आवासिय नेपाली संघ एनआरएनका आइसिसि उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा र सल्लाहकार जिज्ञानकुमार थापा साथै सर्बेमा सहभागीता जनाइ दिनु भएकोमा जापानबासी नेपाली , सघ सस्था र पत्रकार  प्रति समितिले धन्यवाद ज्ञापन गरेको छ |

यो जापान बासी नेपालीहरुको अभिमत संकलन मात्र गर्ने प्रयोजनको लागि गरिएको अध्ययन भएता पनि  यसले धेरै जापान बासीको छोटो समयमा विभिन्न विचार समेट्न सकेको छ | यो अध्ययनको क्रममा विभिन्न तह, उमेर र भिसा भएका व्यक्तिले राम्रो सहभागिता जनाएका थिए | गोपनियतालाइ अध्ययनमा पूर्णतया पालन गरिएको यो अध्ययन भबिस्यको लागि राम्रो आधार पत्र हुनेछ र यसले आप्रबासी नेपालीको स्वास्थ्य पहुच , क्षेत्र ,चेतना विस्तार गर्न भूमिका खेल्ने छ भन्ने विश्वास समितिको रहेको छ |

 

डा.विजय ज्ञवाली

संयोजक

स्वास्थ्य अध्ययन समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?