जापानी येन बलियो बन्दा टाट पल्टेला त टोयोटा ? आयो यस्तो तथ्यांक

टोकियो । टोयोटा मोटर कम्पनीका कार्यकारी अधिकारीहरुले कम्पनीको बिक्री तथा सञ्चालन दुवै तर्फको लाभ पाँच वर्ष यता सबैभन्दा कम भएको बताएका छन् ।
मार्चमा समाप्त भएको आर्थिक वर्षको कारोबारमा बिक्रीको आँकडा दुई खरब ४० अर्ब डलर भन्दा बढी छ ।

यो गत वर्षको तुलनामा दुई दशमलव ८ प्रतिशतको गिरावट हो ।

यसको सञ्चालन लाभ ३० प्रतिशत गिरावट आई साढे १७ अर्ब डलर पुगेको छ ।

कम्पनीलेयो वर्ष पनि गिरावट आउने र यसको कारण जापानी येन बलियोहुदै जानु भएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?