फ्रान्सका नवनिर्वाचित राष्ट्रपतिलाई आबेले दिए बधाई, सहकार्यको संकेत

टोकियो । फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई जापानका प्रधानमन्त्रीसिन्जो आबेले बधाई दिएका छन् ।
म्याक्रोन निर्वाचित भए लगत्तैशुभकामना तथा बधाई सन्देश दिँदै प्रधानमन्त्री आबेले सहकार्यमा जोड दिएका छन् । उनले विश्वमा बढ्दै गएको आतंकवाद रअतिराष्ट्रवादका विरुद्ध लड्न आफुले सच्चा सहयात्री पाएको उल्लेख गरेका छन् ।

म्याक्रोन विश्व राजनीतिक इतिहासमै कम उमेरमा उच्च पदमा पुग्ने नेता मध्येमा पर्दछन् भने फ्रान्सको राजनीतिक इतिहासमा सबैभन्दा कान्छो उमेरका राष्ट्रपति भएका छन् । उनले गत वर्ष मात्रै नयाँ दल खोलेर चुनामी अभियान थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?