जापान सरकारको घोषणाः एडिबीलाई ४ करोड डलर अनुदान, पर्यावरण सन्तुलनका लागि नेतृत्व

टोकियो । जापान सरकारले एशियाली विकास बैंकको एक नयाँ कोष स्थापनाका लागि चार करोड डलर सहयोग गर्ने घोषणा गरेको छ । यो रकम यस क्षेत्रको पर्यावरणीय क्षेत्रमा देखापरेको समस्या समाधानका लागि खर्च गरिने छ ।

जापान सरकारले जलवायु परिवर्तन रोक्नका लागि आफुहरु योजनाबद्ध रुपमा नेतृत्व गर्न तयार रहेको पनि बताए ।

एडिबीको ५० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित वार्षिक बैठकमा जापानका अर्थ मन्त्रीले रकम घोषणा गरेका हुन् ।

जापानको योकोहामामा जारी सम्मेलनका क्रममा जापानका अर्थ मन्त्री तारो आसोले यो रकम सहयोगको घोषणा गरेका हुन् ।

आसोले अबको १५ वर्ष भित्र एशिया विश्वको शक्ति केन्द्र बन्ने बताउँदै त्यसबेलासम्म २६० अर्ब डलर खर्च गरिनुपर्ने बताए । उनले जापानले एडिबीलाई दिदै आएको अनुदान बढाउने र आगामि दुई वर्ष भित्र ४ करोड डलर दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?