टेनिस खेल्दै टोकियो गभर्नर कोईकीले गरिन प्याराओलम्पिक खेलकुदको प्रचार

जापान। सन् २०२० मा हुने प्याराओलम्पिक खेललाई प्रोमोट गर्ने उदेश्यले आयोजना गरिएको दुई दिने कार्यक्रममा टोकियो गभर्नर युरिको कोईके सहभागी भएकी छिन् ।

टोक्यो ओलम्पिकको उद्घाटन समारोह भनि आयोजना गरिएको कार्यक्रममा कोईकीले व्हिलचेयर टेनिस खेलिकी थिईन् ।

व्हिलचेयर टेनिस खेल्ने खेलाडीहरु उपस्थित कार्यक्रम पछी सम्बोधन गर्दै कोईकीले दुई दिने कार्यक्रमले प्याराओलम्पिकको लागि उर्जाको काम गरेको बताईन् ।

साँझको ६ बजे समापन भएको दुई दिने कार्यक्रममा अन्धाहरुको फुटबल, ह्वीलचेयर बास्केटबल, टेनिस  लगायतका खेलहरु खेलाईएका थिए ।

कार्यक्रममा सहभागी अन्य अतिधि तथा दर्शकहरुले ओलम्पिक खेलकुदको सम्भावना र चुनातिहरु बारे दुई दिने कार्यक्रमले शिक्षा दिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?