जापान सरकारले सार्वजनिक गर्यो अर्को डरलाग्दो तथ्यांक, ३६ वर्षदेखि भैरहेछ यस्तो

टोकियो । शुक्रबार मात्रै जापान सरकारले राष्ट्रिय बाल दिवस मनायो । तर, दुःखको कुरा जापानमा बालबालिकाको संख्या निरन्तर घटीरहेको छ । सरकारले जारी गरेको आँकडा अनुसार ३६ वर्ष देखि जनसंख्या घट्दो क्रममा छ । गृहमन्त्रालयले जारी गरेको तथ्यांक अनुसार एक अप्रिलसम्म जापानमा १५ वर्ष भन्दा कम उमेरका बालकालिकाको संख्या १ करोड ५७ लाख छ । यो अहिले सम्मकै सबैभन्दा कम हो ।

यो तथ्यांक अघिल्लो वर्षको तुलनामा एक लाख ७० हजार कम हो ।

तथ्यांक अनुसार यो ३६ वर्षदेखि घट्दो सुचकांकमा छ । बालबालिकाको संख्या जापानको कुल जनसंख्याको १२ दशमलव ४ प्रतिशत छ ।

जापान सरकारले जनसंख्या बढाउनका लागि बिवाह, सन्तान जन्माउने र पालन पोषण लगायतमा विशेष सुविधा दिँदै आएको छ । तर, पनि जापानमा बच्चाको जन्मान्तर कम हुँदै गएको छ भनेविवाह गर्न नचाहनेहरुको संख्या पनि अधिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?