टोकियोमा हात्तीको शालिक अनावरण

जापान। टोकियो रेल स्टेशन नजिक जापानको पुरानो हात्ती हानाकोको शालिक अनावरण गरिएको छ । जेआर किचिजोजी स्टेशन अघि ३०० मानिसहरुको उपस्थितिमा शालिक अनावरण कार्यक्रम सम्पन्न भएको हो ।

भाईचारा तथा मित्रताको प्रतिकको रुपमा थाईल्याण्ड बाट १९४९ मा हात्ती जापन पठाईएको थियो । त्यो हात्तीलाई मुसासिनो चिडियाखानामा दशौ वर्ष सम्म राखिएको थियो ।

चिडियाखानामै रहेको बेला हानाकोको ६९ वर्षको उमेरमा निधन भएको थियो । सहरका वरिष्ठ अधिकारि तथा जनताहरुको सहयोगबाट उठेको रकम द्वारा हात्तिको शालिक निर्माण गरिएको हो ।
२.५ मिटर लामो र १.५ मिटर उचाई भएको हात्तिको शालिक अभिवादन गरिरहेको मुद्रामा निर्माण गरिएको छ । हानाकाको शालिक जापानको प्रख्यात शालिक निर्माता आकी फुईडाले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?