बालबालिका आश्रमका लागि जापानी सहयोग

काठमाडौँ  । जापान सरकारले काभ्रेपलाञ्चोक जिल्लामा एउटा मानसिकरुपमा अशक्त बालबालिकाका लागि आश्रम बनाउन सहयोग गर्ने भएको छ ।

समाजसेवा समूहसँगको सहकार्यमा जापानी सहयोग रु ८८ लाख ७९ हजारको लागतमा बनाउन लागिएको आश्रमको बुधबार काभ्रेको खरेलथोकमा शिलान्यास गरियो ।

शिलान्यास समारोहमा जापानी नियोगका उपप्रमुख शिन्या माचिदा, सङ्कट व्यवस्थापन अध्ययन संस्थानका अध्यक्ष डा राम थपलिया तथा समाजसेवा समूहका अध्यक्ष भरत विष्टको उपस्थिति थियो ।

आश्रममा ३० जना मानसिकरुपमा अशक्त बालबालिका रहनेछन् । आश्रममा बालक र बालिकाका लागि छुट्टाछुट्टै गरी चार ठूला कोठा, भान्सा तथा प्रशासनिककक्ष हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?