सिटी एक्सप्रेसको लक्की ड्र मा ३० जनाले १२ पटकसम्म फ्रिमा नेपाल पैसा पठाउन पाउने, एक जनालाई दुई तर्फी हवाई टिकट


टोकियो । धुर्मुस सुन्तली साँझ २०१७ मा मुख्य प्रायोजकको रुपमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको लक्की ड्र ३० जना विजेताले १२ पटक नेपाल पैसा पठाउन पाउने भएका छन् ।

कार्यक्रम हेर्न उपस्थित भएका दर्शकहरुको अर्धकट्टी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निकालेका हुन् ।

अर्को सिटी ट्राभलले एक जनालाई नेपाल जापान आउने हवाई टिकटको लक्की ड्र समेत गरेको थियो ।

सो लक्की ड्रको विजेता रमेश केसी भएका थिए । कार्यक्रम कै क्रममा विजेता केसीलाई सिताराम कट्टेल ‘धुर्मुस’, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, सिटी ट्राभलका म्यानेजर दिनेश केसीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
धुर्मुस सुन्तली साँझको टिकट खरिद गर्नेहरुले टिकट लिएर आएमा एक पटक सर्भिस चार्ज फ्री पाउने भएकोले सिटी एक्सप्रेसको काउन्टरमा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?