जापानमा भगवान बुद्धको २५६१ औं जन्म जयन्ती भब्यताका साथ मनाईने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापान र एकल जातिय संस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती समारोहको आयोजना हुने भएको छ ।

भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्तीलाई भब्यताका साथ मनाउनका लागि आयोजकले जापानमा रहेको सम्पुर्ण नेपालीहरुलाई आमन्त्रण समेत गरेको छ ।

मे ७ का दिन बिहान ९ बजे कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

२–२३, कुदनकिता ३ चोम, चियोदा, टोकियो, १०२–००७३ मा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका बारेमा थप जानकारि चाहिए  090 6040 5696, 080 3515 9830, 090 6048 9453, 080 5609 2433, 080 3397 6165 मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?