जापानमा संविधान निर्माणको ५० वर्ष पुरा, जनता भन्छन् – अब संविधान संशोधन गर्नुपर्छ

जापान । जापानमा संविधान निर्माणको ५० औं वार्षिकोत्सव मनाईएको छ । जनताको सार्वभौमसत्ता, मौलिक मानव अधिकार र शान्ति जापानको संविधानका प्रमुख मान्यताहरु हुन् ।
जापानमा सन् १९४७ मे ३ मा संविधान घोषणा भएसंगै एक पटक पनि संशोधन भएको छैन । जापानको संचार माध्यम एनएचकेले गरेको जनता सर्वेक्षणमा ४३ प्रतिशत जनताले संविधान संशोधन गरिनुपर्ने राय व्यक्त गरेका छन् भने ३४ प्रतिशतले संशोधनको कुनै आवश्यकता नरहेको बताएका छन् ।
सर्वेक्षणमा २५ प्रतिशत जनताले “ आर्टिकल ९ ” विधयेक अन्तर्गत रहेको युद्द सम्बन्धि प्रावधानहरु संशोधन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् भने ५७ प्रतिशतले संशोधन जरुरत नभएको बताएका छन् । पछिल्लो समय उत्तर कोरियाको परमाणु हतियारको आतंक पछी जापानमा संविधान संशोधन गरिनुपर्ने आवाजहरु धेरै मात्रामा उठ्न थालेका छन् ।
सोमवार संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गर्ने जापानीहरुको अगाडी आफ्नो मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री आवेले यस वर्ष संविधान संशोधन बारे नयाँ निर्णय लिईने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?