ट्रम्पले पुटिनलाई भने– अब जापानी प्रधानमन्त्री आबेले मात्रै सक्छन्

टोकियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई तह लगाउन जापान र रुसले चीनलाई दवाव दिनुपर्ने बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन संवाद पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रशान्त क्षेत्रको स्थिरताका लागि नेतृत्व लिनुपर्ने पनि बताए ।

उनले आबेले चाहेमा स्थिरता र शान्तिका लागि विभिन्न खाले प्रयासहरु सम्भव रहेको पनि बताएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार राष्ट्रपति ट्रम्पले पुटिनसँ टेलिफोन वार्ता गरेको जनाएको छ ।

गत महिना सिरियामा अमेरिकाले हवाई आक्रमण गरेपछिको उनीहरुबीच पहिलो पटक टेलिफोन वार्ता भएको हो ।

राष्ट्रपति ट्रम्पले गत अप्रिल ६ तारिखका दिन सिरियामा हवाई आक्रमण गर्न आदेश दिएका थिए । त्यसपछि अमेरिका र रुसको सम्वन्ध चिसिएको थियो । साथै उत्तरकोरियाको गतिविधिका कारण अमेरिका चिन्तित बनिरहेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?