टोकियोबाट सुरु भयो अचम्मको रेल सेवा, भित्रै अस्पताल, मनोरञ्जनका सबै सुविधा !

टोकियो । तपाईंलाई पत्यार नलाग्न सक्छ, जापानमा एउटा यस्तो रेलसेवा सञ्चालनमा आएको छ, जहाँ भित्रै डान्स रेष्टुरेण्ट देखि विभिन्न खाले सुविधा सम्पन्न बारहरु छन् ।
इस्ट रेल्वे कम्पनीले तयार पारेर सिञ्चालन सुरु भएको उक्त रेल सेवामा अध्याधुनीक सहर भित्रका सबै खाले सुविधाहरु छन् ।

योरेलले सोमबारबाट सेवा सुरु गरेको हो । कुल ३६ हजार किलोमिटर यात्रा गर्ने रेलले पहिलो दिन ३३ जना मात्रै यात्रुलाई सेवा दिएको छ । रेलले टोकियोबाट जापानको पुर्वी इलाका होक्कैदो हुँदै सुदुर पुर्वसम्मको यात्रा गर्ने छ र यसका लागि चार दिन लाग्ने छ ।

उद्घाटनका दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेत्सुरो तोमिता र रेलका डिजाइनर केन कियोयुकीले पनि यात्रुहरुसँगै सवार भउका छन् । यो रेलमा पुरै यात्रा गर्नका लागि ७४ देखि ९५ लाख जापानी येन सम्म लाग्ने छ । यो रकममा सबैखालेसुविधाहरु समेटीने छन् ।

रकम तिरिसकेपछि आफुले चाहेको खाना, पेयपदार्थ, स्पा, डान्स, जिम लगायतका सबैखाले सुविधा पाइने छ । रेलभित्र राम्रो स्वास्थ्योपचारको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?