अमेरिकी जाहज सुरक्षाको लागि जापानी युद्दपोत समुन्द्रमा तैनाथ

जापान । जापानले आफ्नो देशको ईतिहासमै सबैभन्दा ठुलो युद्धपोत समुन्द्रमा तैनाथ गरेको छ । जापानका समुन्द्रहरुमा अमेरिकी पानिजाहजहरुलाई सुरक्षा दिन इजुमो नामक युद्द्पोत जापानले तैनाथ गरेको हो ।

पश्चिमी शिकोकु सामुन्द्रिक क्षेत्रमा रहेर जापानी युद्धपोतले अमेरिकासँग सहकार्य गर्ने जनाईएको छ । जापानले सेनाको भुमिका बढाउँदै विवादास्पद कानुन पारित गरेयता पहिलो पटक २ सय ४९ मिटर लामो युद्धपोत समुन्द्रमा तैनाथ गरेको हो ।

उत्तर कोरियाले आफ्ना प्रायादिप वरिपरी राखिएका अमेरिकी युद्द्पोत तथा समुन्द्री पनडुब्बीहरु ध्वस्त बनाईदिने धम्कि दिए लगत्तै ९ वटासम्म हेलिकप्टर बोक्न सक्ने युद्दपोत जापानले समुन्द्री किनारमा तैनाथ गरेको बताईएको छ ।

जापानले सन् २०१५ मा ल्याएको नयाँ कानुन अन्तर्गत इजुमो युद्धपोतलाई सामुहिक आत्मरक्षाका लागि प्रयोग गर्न लागेको बताएको छ ।
दोस्रो विश्व युद्धपछि जापानले आत्मरक्षाका लागि मात्र शक्तिको प्रयोग गर्ने नियम लागु गरिरहेको अवस्थामा जापानी प्रधानमन्त्री शिन्जु आवेले जापानी सेनालाई आधुनिक तथा शक्तिशाली सेनाको रुपमा विकसित गर्न नयाँ कानुन बनाउने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?