धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ च्यारिटी डिनर कार्यक्रम हुँदै

जापान । टोकियोमा ”धुर्मुस सुन्तली साँझ २०१७” मा सहभागी हुन आएका कलाकारहरुको उपस्थितिमा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने उदेश्यले आयोजित ”धुर्मुस सुन्तली साँझ २०१७” कार्यक्रमका कलाकारहरु दिनेश डिसी, दिपक बज्राचार्य, सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र बाङ्गे बा लगायतको च्यारिटी डिनर कार्यक्रममा सहभागी हुने छन् ।

सनराईज कर्पोरेशन लिमिटेडद्वारा आयोजित कार्यक्रममा कलाकारहरुलाई सम्मान गर्नुका साथै जापानवासी नेपालीहरु विच अन्तरक्रिया कार्यक्रमको पनि व्यवस्था मिलाईएको जनाएको छ ।

धुर्मुस सुन्तली अभियानका अभियन्ताहरुको योजना र अहिले सम्मका अनुभवहरु सुन्न चाहानुहुन्छ भने निम्न मिति,स्थान र समयमा उपस्थित हुन आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?