ट्रम्पले भने–जापान सागरमा आक्रमण हुनु टाउको दुखाई, चिनियाँ राष्ट्रपति अघी बढुन्

वासिङटन । चीनका राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाद्वारा देखाएको आणविक मोहका कारण आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

“यदि उत्तर कोरियाले थप आणविक परीक्षण ग¥यो भने यसले हामीलाई खुशी पक्कै पनि पार्ने छैन” उत्तर कोरियाको आणविक हतियारप्रतिको मोहविरुद्ध आफ्नो दृष्टिकोण राख्दै ट्रम्पले सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा बताए ।
“त्यसैगरी मलाई के पनि विश्वास छ भने विश्वमा नै सम्मानित चिनियाँ राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुशी हुनुहुन्न ।” ट्रम्पले शनिबार सीबीएसलाई दिएको अन्तरवार्तामा बताएका छन् ।

के उत्तर कोरियासँगको बेखुशी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना छ त भन्ने प्रश्नमा अहिले यस विषयमा यसै भन्न सकिन्न । मतलब आगामी गतिविधि हेरेर निर्णय आउँछ, ट्रम्पले भनेका छन् ।

उत्तर कोरियाले अघिल्लो हप्ताको अन्त्य अर्थात् शनिबार गरेको क्षेप्यास्त्र परीक्षण अमेरिकाको प्योङयाङको हतियारविरोधी गतिविधिलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेका समयमा भएको छ । यसबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा ‘अकल्पनीय नतिजा’ आउनसक्ने बताएको केही घण्टाभित्र उत्तरले फेरी एकपटक उत्तेजनात्मक प्रतिक्रियास्वरुप असफल क्षेप्यास्त्र परीक्षण गरेको छ ।

ट्रम्पले यो उत्तर कोरियाको सहयोगी चीनमाथिको ‘असम्मान’ हो भनेका छन् ।
उनले जापान सागरलाई लक्षीत गरि निरन्तर क्षेप्यास्त्र प्रहार हुन अमेरिकाको टाउको दुखाई भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?