वसन्त ऋतुको सुरुवात संगै जापान घुम्न आउने पर्यटकको संख्या बढ्यो

जापान। वसन्त ऋतुमा जापान घुम्न आएका  पर्यटकहरु टोकियो एयरपोर्टमा अत्याधिक मात्रामा देखिएका छन् । नरिता एयरपोर्टमा पर्यटकहरु आफ्ना व्याग, लगेज लगायतका सामान सहित लाईनमा उभिएका देखिन्छन् । करिव ४९,६०० पर्यटकहरु दैनिक एयरपोर्टबाट प्रस्थान गरिरहेको आंकलन गरिएको छ ।


थाईल्याण्डबाट सपरिवार जापान घुम्न आएका पर्यटकले आफुले बसन्त ऋतुको समयमा जापानमा घुम्नको लागि आफ्नो देशमा मिहेनत गर्ने गरेको र स्विमिङ पुलमा आनन्द लिन आफुहरुलाई अत्यन्त रमाईलो लाग्ने समेत त्यो परिवारले बताएको छ ।

त्यस्तै एयरपोर्ट नजिक देखिएका श्रीलंकाबाट आएका पर्यटकहरुले जापानमा गरिने मसाज, स्पाईसी खानेकुरा अनि प्राचिन सम्पदाहरुको भम्रण आफुलाई मन पर्ने बताएका छन् । नारिता एयरपोर्टका अपरेटरले जनाए अनुसार वार्षिक रुपमा जापान घुम्न आउने पर्यटकको संख्या ९.५ प्रतिशतका दरले बढ्दै ३९७७०० सम्म पुग्दै गएको छ ।

एयरपोर्टका अधिकारीका अनुसार पर्यटकहरु जापान आउँदा हवाई, दक्षिण कोरिया, हंगकंग लगायतका ठाउँहरुमा पनि घुम्ने योजना सहित आउने गरेको बताएका छन् ।

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?