गल्कोट स्पोर्ट क्लबको आयोजनामा हुने तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको तयारी पुरा

टोकियो । गल्कोट स्पोर्ट क्लबले आयोजना गर्न लागेको तेस्रो मैत्रीपुर्ण भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपाली नयाँ वर्ष २०७४ तथा क्लबको तेस्रो वार्षीकोत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि १५ टोलीले दर्ता गराएका छन् । प्रतियोगितामा सहभागिताका लागि अन्य धेरैटोलीले इच्छा देखाए पनि प्राविधिक कारणले १५ टोलीलाई मात्र सहभागिता गराउनु परेको प्रतियोगिताका संयोजक रत्नसिंह बस्नेतले बताए । उनले सबैलाईसहभागि गराउन नपाएकोमा दुख समेत व्यक्त गरेका छन् ।

गल्कोट समाज जापानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा सुमेध टुर्स एण्ड ट्राभल्स काठमाडौं, शिव कर्पोएरेशन जापान, काठमाडौं ड्राइभिङ स्कुल जापानको प्रायोजन रहेको छ । आयोजकले जापानमा रहेकासम्पुर्ण नेपालीहरुलाई प्रतियोगितामा उपस्थितका लागि आमन्त्रण गरेको छ ।

प्रतियोगिता मे १ तारिकका दिन बिहान ९ बजेबाट शुरु गरी दिउँसो ४ बजे समापन गरिने छ । आयोजकले समयमै खेलका लागि आउन पनि सबै टोलीका खेलाडी र दर्शकलाई आग्रह गरेको छ ।

आयोजकले खेल हेन आउने र खेलाडीलेसमेत इनडोर स्पोर्ट सुको प्रयोग गर्न आग्रह गरेको छ । खेल ३३५-००२१ साईतामा प्रिफेक्चर टोडा नीजो १२८६ को टोडा सिटी स्पोर्टस सेन्टरमा हुनेछ । खेल सम्बन्धी कुनै समस्या भए ०४८-४४३-३५२३ मा सम्पर्क गर्नसकिने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?