धुर्मुस सुन्तली साँझका लागि कलाकारहरु जापानमा, विमानस्थलमा भव्य स्वागत

टोकियो । धुर्मुस सुन्तली साँझ २०१७ मा लागि चर्चित कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जापान आइपुगेका छन् ।

बिहान सात बजे हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका कलाकार जोडी धुर्मुस सुन्तली सहित गायक दिपक बज्राचार्य, चर्चित प्रस्तोता दिनेश डिसी र हास्य कलाकार बाङ्गे बालाई स्वागत गरिएको हो ।

कलाकारहरुको स्वागतका लागि सनराइज कर्पोरेसनका अध्यक्ष रविन्द्र गोर्खाली, कर्पोरेसनका प्रबन्ध निर्देशक हरि सापकोटा, एनआरएनए जापानकी सदस्य सविता श्रेष्ठ विमानस्थल पुगेका थिए ।

यस्तै एभरेष्ट फुजी न्यूजकी प्रेमिला गौचन, मण्डली इन्टरनेश्नलका प्रबन्धक राजेन्द्र श्रेष्ठ, रामेछाप समाजक अध्यक्ष उत्तम श्रेष्ठ, बाग्लुङ् समाजका उपाध्यक्ष सिद्वार्थ श्रेष्ठ, पाल्पा समाजका अध्यक्ष निरञ्जन गैरे, जापान सन्देश अनलाईनका नविन निउरे, नेपाल जापान इकोनोमिकका प्रमुख जीवन राजभण्डारी, गोरखा समाजकी उपाध्यक्ष कमला काप्री, सिटी एक्सप्रेसका पशुपति भण्डारी, फोटो पत्रकार असिम बस्न्यात लगायतका व्यक्तिहरु विमानस्थल पुगेका थिए ।

भोलि जापानमा भब्य रुपमा धुर्मुस सुन्तली साँझ २०१७ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?