जापानमा अत्याधिक ठूलो डायनोसरको अस्थिपंजर भेटियो

जापान । जापानका अनुसन्धानकर्ताहरुले होकाईडो टापुमा डायनोसरको अस्थिपञ्जर फेला पारेका छन् । यस अघि फेला पारिएको भन्दा अत्याधिक ठुलो अस्थिपंजर जापानी अनुसन्धानकर्ताहरुले फेला पारेका हुन् ।

होकाईडो विश्वविद्यालयकाप्रोफेसर को बायासीको नेतृत्वमा सन् २०१३ देखि मुकावा सहरमा डायनोसरको अस्थिपंजरको खोजि कार्य जारि रहेको थियो । फेला परेको अस्थिपंजर ७२ मिलियन वर्ष अघिको माटो मुनि रहेको क्रिटासियस क्षेत्रमा फेला परेको अनुसन्धानकर्ताले बताएका छन् । फेला परेको अस्थिपंजर शाकाहारी डायनोसरको भएको समेत पुष्टि भएको छ ।

विहिवार अनुसन्धानकर्ताहरुको समुहले अस्थिपंजर पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । फेला पारेको डायनोसरको अस्थिपंजर ८ मिटर लामो र ३.५ मिटर लामो उचाई भएको जनाईएको छ । जापानी वैज्ञानिकहरुले डायनोसरको पूर्ण शरीरको अस्थिपंजर जापानमा पहिलो पटक फेला परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?