उत्तरले ओकिनावा ध्वस्त पार्ने भिडियो सार्वजनिक गरेपछि चीन र रसियाका विदेश मन्त्रीले गरे अमेरिकामा वार्ता

टोकियो । चिनियाँ विदेशमन्त्री वाङ यीले रसियाली उप विदेशी मन्त्री गेन्नाडी गतिलोभको बिहीबार राती भेटवार्ता गरेका छन् ।

कोरियाली प्रायद्विपको अस्प्रष्ट मुद्दाको विषयलाई संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा मन्त्रीस्तरीय छलफल हुनु अगाडि यी दुई मन्त्रीबीच भेटवार्ता भएको जनाइएको छ ।

वाङका अनुसार चीन र रसिया सामरिक साझेदार भएको र अन्तरराष्ट्रिय र क्षेत्रीय मुद्दामा पनि यी दुई देशका नजिकको सम्पर्क र सहयोग दुबै तर्फबाट हुर्दै आएको बताएका थिए।

कोरियाली प्रायद्विपमा खतरा र तनाव सामाना गर्दै आएको र जुन नियन्त्रण बाहिर हुन सक्ने वाङले बताएका छन् ।

त्यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।
कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताएका छन् ।

यसअघि अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएको बताएका थ्एि ।

उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिक गरेको छ ।

जसमा जापान सागर र जापानका विभिन्न सहरहरुमा आक्रमण गरिएइको देखाइएको छ भने जापानको ओकिनावास्थित अमेरिकी सैन्य क्याम्प ध्वस्त पारिएको कल्पना देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?