विवादीत चार टापु जापानलाई नै फिर्ता गर्ने रसियाको संकेत, पुटिनले दिए यस्तो प्रतिक्रिया

मस्को  । रसियाली राष्ट्रपति भ्लादिर पुटिनले आफ्नो सन् २०१६ को डिसेम्बरमा भएको जापान भ्रमणपछि दुई देशवीचको सम्वन्धमा सुधार आएको बिहीबार बताएका छन्र ।  

दशकाैं लामो सीमा विवादलाई सुल्झाउने प्रयासमा दुई देशका प्रमुख नेतावीच भेट हुँदा विश्वयुद्धलाई औपचारिक अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गर्न समस्या बनेका टापूबारे विवाद सुल्झाउन कोशिस गरिएको भएपनि यस विषयमा पुटिनको जापान भ्रमणका वेला गत वर्ष सहमति हुन सकेको थिएन ।

तर रसियाली शक्तिशाली नेता पुटिनले दुई देशवीचको व्यापार पर्वद्र्धन र राजनैतिक सम्वन्ध सुधारका लागि आफ्नो भ्रमण उपयोगी भएको बताएका थिए ।

“हाम्रो अघिल्लो बर्ष भएको भेटमा आवे र मवीच जापान र रसियावीचको सम्बन्ध, सहकार्यका विषयमा नयाँ उचाइबाट सम्वन्ध स्थापना गर्ने सहमति भएको थियो र हामीले यसअघि नै केही निष्कर्षहरू निकालिसकेका छौं,” पुटिनले भनेका छन्न ।

आवेले पनि विहीबार रसियासँगको सम्वन्धमा विकास हुनुपर्ने आवश्यकता अनुसार प्रगति भएको प्रतिक्रिया दिएका छन्र । विश्वयुद्धको अन्त्यका समय सन् १९४५मा पूर्व सोभियत यूनियनले सीमानामा भएको जापानी भूमीलाई कब्जा गरेको भन्दै जापानले विश्वयुद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरेको थिएन । सो सीमा विवाद आजपनि कायमै छ ।

रसियाली प्रशासन केन्द्र क्रेमलिनले विहीबारको दुई देशका नेतावीच कुराकानीमा रसिया जापानवीचको राजनैतिक, व्यापारिक र आर्थिक एवम् मानवीय क्षेत्रका सम्वन्धमा लक्षित हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?