चीनको प्रस्ताव– संयुक्त सेन्य अभ्यास रोकौं, जापानी प्रधानमन्त्री अघि बढुन्

टोकियो । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ ।

बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन् ।

उनले जापानले तनाव कम गर्नका लागि मध्यस्थताको भुमिका खेल्नुपर्ने बनि बताएका छन् ।

कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रमलाई रोक्नुपर्ने चिनियाँ विदेश मन्त्रीको भनाई छ ।

उनले जापानले मध्यस्थताको भुमिका खेल्न नसकेको पनि बताए । जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरिया प्रायद्धिप शान्त पार्नका लागि योगदान दिनसक्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?