जापानमा नेपाली तेक्वान्दो खेलाडीको जादु, नेपाललाई दुई स्वर्ण,एक रजत र कास्य

टोकियो । वाटा जापान ओपन तेक्वान्दो प्रतियोगिता जापानको प्रतिष्ठित प्रतियोगिता हो । यो प्रतियोगिताको १५ औं संस्करणमा दुई नेपाली खेलाडीले स्वर्ण हात पारेका छन् ।
जापानको ओसाकामा सम्पन्न प्रतियोगितामा प्रजुन कुईंकेल र विवेक श्रेष्ठले स्वर्ण पदक हात पारे ।

दश वर्षीय कुईंकलेले २५ केजी तौल समूहमा १६ देशका २९ जना खेलाडीहरुलाई पराजित गरेका हुन् । कुइकेलले फाइनलमा कजाकिस्तानका खेलाडीलाईपराजित गरेका थिए ।

यस्तै दश वर्षकै श्रेष्ठले १६ देशका २७ खेलाडीहरुलाई पराजित गरे । उनले फाइनलमा मकाउलाई हराउदै स्वर्ण पदक हात पारेका हुन ।

त्यसैगरी तिलक लामा ७४ केजी मुनिको तौल समूहमा फाईनलमा हङ्कङका खेलाडीसँग पराजित भई रजत हात पारे ।
स्वर्ण पदक विजेता श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक पाएका थिए ।

यस्तै १० बर्षकी प्रगति कुइकेलले मलेसियालाई हराउदै सेमिफाइनल पुगेपनि फाइनलमा जापानसँग पराजित हुँदै कास्य पदक हात पारिन् ।

स्वर्ण पदक विजेता बिबेक श्रेष्ठले जूनियर तर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?