भूतपूर्व अमेरिकी सुरक्षा एजेन्सी प्रमुख द्वारा  जापानको सुरक्षा सम्बन्धि डकुमेन्ट सार्वजनिक

जापान । जापानको राष्ट्रिय सुरक्षा संग सम्बन्धित महत्पूर्ण डकुमेन्टहरु भूतपूर्व अमेरिकी सुरक्षा एजेन्सीका प्रमुख एडवार्ड स्नोडेनले सार्वजनिक गरिदिएका छन् ।

सन् २०१३ मा स्नोडेनले राष्ट्रिय सुरक्षा परिषद संग सम्बन्धित अत्याधिक डाटाहरु प्रमुख संचार तथा इन्टरनेट कम्पनीहरुबाट प्राप्त गरेका थिए ।

त्यो डाटामा व्यक्तिगत ईमेल देखि फोन नम्बरहरु उपलब्ध थियो । स्नोडेन पछी रसियामा आप्रवासी जीवन विताउन गएका थिए ।

अमेरिकाको इन्टरनेट मिडिया पब्लिकेसनले हालै मात्र जापान संग सम्बन्धित १३ फाईलहरु सार्वजनिक गरेको थियो ।  सन् २००४ को डकुमेन्टमा जापानी सेनाको सबै संचारका साधनहरुको कन्स्ट्रक्सनका कामहरु टोकियोमा रहेको अमेरिकी योकोता एयर फोर्समा हुने गरेको तथ्य खोलेको थियो ।

अमेरिकी क्याम्पमा उत्पादन भएका संचार साम्राग्रीहरु संसारका महत्वपूर्ण सूचनाहरु लिन मिल्ने गरि डिजाईन गरिएको सनसनी पूर्ण खुलासा भएको थियो ।  डकुमेन्टमा  आतंकवादी संगठन अलकायदाले प्रयोग गर्ने एन्टेना पनि त्यहि काममा उत्पादन गरिएको एन्टेना भएको खुलासा गरेको थियो ।
सन् १९८३ मा दक्षिण कोरियाको प्लेनलाई अवतरण गरिएको बारेको डकुमेन्टमा जापानको सुरक्षा बलले सोभियत सैन्य विमानबाट सुरक्षित राखेको अडियो टेप अमेरिकाले लिन चाहेको समेत उल्लेख गरिएको छ ।

त्यो अडियो टेप अमेरिकाले कसरि प्राप्त गर्यो भन्ने बारेमा पनि डकुमेन्टमा उल्लेख गरिएको छ । तर जापानको रक्षा मन्त्रालयले आफुले त्यो डकुमेन्ट अध्यन नगरेको र त्यस बारेमा तत्काल केहि प्रतिक्रिया नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?