जापानका लागि नेपाली राजदूत राणाले पाइन् नियुक्ति, कुन देशमा कस्ले पाए ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ललितपुर निवासी प्रतिभा राणा जापानका लागि नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन् ।
जापानका लागि राप्रपाका तर्फबाट सिफारीसमा परेकी राणा संसदीय सुनुवाई पछि अनुमोदीत भएकी थिइन् ।

राणा कुटनीतिमा अनुभवि र सुझबुझपुर्ण निर्णय गर्न सक्ने क्षमता भएकी नेतृ हुन् । उनी यस अघि राप्रपा बाट पटक पटक सांसद पनि भएकी छिन् ।

त्यसैगरी राष्ट्रपतिले इजिप्टका लागि कार्यरत राजदूत झविन्द्रप्रसाद अर्याललाई मोरक्को अधिराज्य र लेबनानका लागि, बेल्जियममा कार्यरत राजदूत लोकबहादुर थापालाई लक्जेम्बर्गका लागि, पाकिस्तानका लागि कार्यरत राजदूत सेवा लम्साल अधिकारीलाई इस्लामिक गणतन्त्र इरानका लागि नियुक्त भएकी छिन् ।

दक्षिण अफ्रिकाका लागि कार्यरत राजदूत अमृतबहादुर राईलाई गणतन्त्र जिम्बाबे तथा ब्राजिलका लागि कार्यरत राजदूत ताराप्रसाद पोखरेललाई अर्जेन्टिनाका लागि पनि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?