अब यसरी पत्ता लाग्नेछ उत्तर कोरियाको मिसाइलबारे जानकारी, जापानले पठायो नयाँ उपग्रह

टोकियो । निरन्तरको मिसाइल परिक्षणका नाममा जापान सागरमा उत्तर कोरियाले आक्रमण गर्न थालेपछि जापानले पनि जासुसी उपग्रह प्रक्षेपण गरेको छ ।
जापानले आइतबार एच टु ए नामक जासुसी उपग्रह प्रक्षेपण गरेको जानकारी गराएको हो । यद्यपी यो उपग्रह प्रक्षेपणको काम शुक्रबार नै सुरु भैसकेको थियो । यो उपग्रहले पहिलाको उपग्रहको स्थान लिने छ ।

जापान सरकारले २००३ मा प्रक्षेपण गरेको उपग्रहको स्थानमा नयाँ प्रक्षेपण गराएको हो । उत्तर कोरियाले अहिले जापान सागरमा मात्रै मिसाइल प्रहार गरिरहेको छ ।

सन् १९९८ मा जापानी भुमीमा नै मिसाइल हानेपछि जापानले जासुसी थालेको हो । यसमा ीन अप्टीकल र चार डिजायर उपग्रह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?