चालकले ब्रेक लगाउन नसक्दा साईतामामा कार दुर्घटना, एकको मृत्यु पाँच घाइते

टोकियो । पुर्वी जापानको साईतामास्थित एक सपिङ मलको पार्किङ नजिकै भएको कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भिर घाइते भएका छन् ।

जापान प्रहरीका अनुसार बाटो काटिरहेकी ५३ वर्षीया यौशिको इचिकावालाई कारले ठक्कर दिएको थियो ।

उनीसँगै बाटो काटीरहेका अन्य चार र कारमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

कार चालीका ७६ वर्षीया रित्सुको चिबाले ब्रेक थिच्न खोज्दा एक्सीलेटर थिचेपछि कार तिब्र गतिमा गुड्नपुगेको थियो । कारमा सवार उनका पती ८२ वर्षीय हेइचीरो पनि गम्भिर घाइते छन् ।

जापान सरकारले बयोबृद्ध नागरिकलाई कार चलाउन रोक लगाए पनि चालकको अभावमा कार्यान्वयन मा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?