ठगी आरोपित तिवारीसंग खिचिएको सामूहिक तस्विर भाईरल भएपछि कम्युनिटीको ध्यानाकर्षण

योकोहामा । कानागावा नेपाली कम्युनिटीका जिम्मेवार सदस्यहरुसंग बसेर खिचेको फोटोलाई सामाजिक संजालमा दुरुपयोग गरि भाईरल गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अंग्रेजी नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजित न्यू एअर म्यूजिकल नाईट कार्यक्रममा आमन्त्रित कलाकारहरु पप गायक सुगम पोख्रेल, नविन के भट्टराई, नम्रता सापकोटा लगायत कानागावामा वसोवास गर्दै आएका नेपालीहरुसंगको डिनर गर्ने क्रममा ठगि गरेको आरोप खेपिरहेका गोविन्द तिवारी समेत रहेको फोटो भाईरल भएको प्रति कम्युनिटीको भएको हो ।

कम्युनिटीले जारी गरेको विज्ञप्ति अनुसार “२०१७/०१/०६ तारिखका दिन कलाकारहरु सुगम पोख्रेल, नविन के भट्टराई र नम्रता सापकोटाको विदाई कार्यक्रममा उपस्थित भएका तिवारी कम्युनिटीमा आवद्व नरहेको साथै निर्दोष व्यक्तिहरु माथि चरित्र हत्या हुने गरि सामाजिक संजाल भाईरल भएकोले जापानवासी नेपालीहरुले सामूहिक तस्विरलाई अन्यत्र पोष्ट नगरिदिन अनुरोध गर्दछौ” भनिएको छ ।

यदि तिवारीले नेपालीहरुलाई ठगी गरेको प्रमाणित भए सक्दो सहयोग गर्न कम्युनिटी तयार रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?