थप बलियो बन्दै जापानी अर्थ ब्यवस्था, ६ वर्ष पछि आयो सकारात्मक संकेत, मजदुरलाई फाइदा

टोकियो । विश्वको तेस्रो ठुलो आर्थिक शक्तिका रुपमा उदाएको जापानको अर्थतन्त्र लामो समयपछि सकारात्मक विन्दुमा हिड्न थालेको छ । विगत छ वर्षदेखि निरान्तर ओरालो लागिरहेको जापानको व्यापार क्षेत्र यो वर्ष सुधार उन्मुख देखिएको हो ।

जापानको अर्थमन्त्रालयको प्रक्षेपण अनुसार यो वर्ष व्यापार नाफा बढ्ने देखिएको हो ।

यो वर्ष अघिल्लो आर्थिक वर्षको अन्तिम अर्थात् गत वर्षको मार्च पछि बढेर ४० खर्ब ३७ अर्ब अतिरिक्त मुनाफा भएको छ ।

तेल र ग्यासको मुल्यमा अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा यसको प्रत्यक्ष फाइदा जापानको अर्थतन्त्रमा परेको हो । बाह्य व्यापार फाइदा भएसँगै जापानको अर्थतन्त्र थप मजबुद हुने विश्लेषण गरिएको छ ।

बाह्य व्यापार बढ्दा यसको प्रत्यक्ष लाभ भने मजदुरहरुलाई पर्ने भएको छ । रोजगारदाता कम्पनीहरुले व्यापार बढेसँगै तलबको स्केल समेत बढाएका छन् ।

जापान सरकारले पनि रोजगारदाता कम्पनीहरुलाई अनिवार्य तलब बृद्धिका लागि तीन महिना पहिल्यै आग्रह गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?