विश्वकै प्रभावशाली व्यक्तिमा टोकियो गभर्नर कोईकी

जापान । टोकियोकि गभर्नर युरिको कोईकी विश्वको १०० प्रभावशालि व्यक्तित्वमा चुनिएकी छिन् । अमेरिकाको टाईम पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशालि व्यक्तिहरुको सुचिमा कोईकी छानिएकी हुन् ।

अग्रगामी सोच र भिजन भएको नेतृत्व अन्तर्गत छानिएकी कोईकीलाई पेरिसकि पहिलो महिला मेयर अने हिदागोले कोईकीलाई टोकियोकि प्रभावशाली तथा महत्वकांक्षी र जस्तो सुकै समस्याको समाधानको लागि सामाना गर्न नडराउने व्यक्तित्वको रुपमा चित्रण गरेकी छिन् ।

कोईकी जापान र पुरै विश्वकै लागि एक उदाहरणीय महिला भएको उनले बताएकी छिन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाईट हाउसका योजना प्रमुख स्टेफन बानन , रेन्स प्रिबुस साथै रक्षा सचिव जिम माटिस पनि कोईकी छानिएकै सुची अन्तर्गत प्रभावशाली व्यक्तित्वमा छानिएका छन्  । उत्तर कोरियाका नेता किम जोंग उन पनि प्रभावशाली व्यक्तित्वमा छानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?