आतंकवाद विरोधी विधेयकः जापानी जनताले थाले संसद भवन अगाडी विरोध

टोकियो । आतंकवादी हमलाको तयारी तथा अन्य गम्भिर प्रकृतिको अपराधमा संलग्नलाई कारबाही गर्ने सम्बन्धी विधेयकको विरोध सुरु भएको छ ।
जापान सरकारले ल्याउन लागेको यो विधेयकले नागरिकको केही अधिकार कुण्ठीत गर्ने भन्दै बुधबार र बिहीबार जापानको संसद भवन अगाडी विरोध प्रदर्शन भएको हो ।

आन्दोलनको अगुवाई गरिरहेका अधिवक्ता युइची काइदोले यो विधेयक तीन पटक संसदमा लगेर पनि फिर्ता भैसकेको रसरकारले फेरि ल्याउने प्रयत्न गर्नु गम्भिर गल्ती भएको बताए ।

प्रदर्शनकारीले यो विधेयक फिर्ताको माग गरेका छन् । प्रदर्शनमा सहभागिहरुले यो विधेयक पास भए सर्वसाधारणलाईपनि सरकारले आतंकवादीको आरोपमा कारबाही गर्न सक्छ, जसका कारण विना सित्ती जनताले दुःख पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?