जापानमा अत्याधिक काम गर्दा मृत्यु हुनेको संख्या बढ्यो

जापान । जापानमा अत्याधिक मात्रामा काम गर्नाले मर्नेको संख्या बढ्दै गएपछि महिनामा कति घण्टा मात्र काम गर्ने भन्ने विषयमा जापानमा बहस सुरु भएको छ ।

महिनामा १०० घण्टा मात्र ओभर टाईम काम गर्ने भन्ने नियमले पनि बढी काम गरेर र मर्नेहरुको संख्यामा खासै कमि नआएको देखिएको छ ।

पछिल्लो वर्ष महिनामा १०० घण्टा भन्दा बढी काम गर्ने युवाहरुले समेत आत्महत्या गरेको आंकडा सार्वजनिक भएको थियो ।

अत्याधिक कामका कारण मात्सुरी ताकाहासीको मृत्यु भएपछि राष्ट्रिय अखबारहरुमा सरकारको आलोचना सहितको समाचारहरु छापिएका थिए ।

छापाहरुमा सरकारले अत्याधिक कामका कारण मानिसहरु मर्ने गरेको अवस्थालाई सम्बोधन गर्न स्पष्ट योजना ल्याउन माग गरिएको थियो । त्यस लगत्तै प्रधानमन्त्री शिन्जो आवे नेतृत्वको प्यानलले अत्याधिक कामका कारण हुने मृत्युलाई घटाउन महिनामा  १०० घण्टा मात्र काम गर्न पाउने योजना दिएको थियो ।

जापानको कन्जरभेटिभ पार्टीका नेताले जापानमा काम गर्ने तौर तरिका बदल्न पर्ने बताएका छन् । जापानका श्रम वकिलहरुको संगठनले महिनामा १०० घण्टा ओभरटाईम काम गर्न पाईने नियमलाई अशोभनीय र समर्थन गर्न नसकिने बताएको छ ।

उनीहरुले काममा सिमा तोक्दा अत्याधिक मात्रामा मृत्यु हुने गरेको श्रम वकिलहरुले बताएका छन् । अहिले जापानका काम गर्ने स्थानहरुमा पूर्ण रुपमा काम गर्ने कामदारहरुले हप्तामा ४० घण्टा सम्म काम गरिरहेका हुन्छन् । ओभरटाईम काम गर्नुलाई कामदारहरुको लगाव भएको हुनाले गरिएको बुझिन्छ ।

ओभरटाईम काम गर्ने कामदारहरु जापानी कम्पनीहरुमा बढी मात्रामा देखिए पनि जापानी कम्पनीहरुको मुनाफा अमेरिकी र युरोपियन कम्पनीहरुको तुलनामा कम देखिन्छ ।

महिनामा सय घण्टा भन्दा बढी काम गर्न पाउने नियमले जापानको व्यापार क्षेत्रमा हानि पुराउने भन्दै जापानी व्यापार युनियन रेङ्गोले महिनामा ४५ घण्टा भन्दा बढी ओभरटाईम काम गर्न दिन नहुने बताएको छ ।

सरकारले नै अत्याधिक काम गर्न पाउने नियम बनाईरहेको छ भने त्यसबाट मजदुर र कामदारहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई बुझ्ने निकाय को हुने भन्दै व्यापारी तथा बौद्दिक वृत्तमा आलोचना सुरु भएको छ ।

यस्तै हुने हो भने जापानमा विहान हुनु कति कामदारहरु जिउँदै होलान् भन्ने बहस जापानका छापाहरुमा गर्न थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?