रियल स्टेट बिजिनेसबारे जापानमा सेमिनार हुँदै

जापान । जापानको प्रिमियर भ्यालु ब्यांकले रियल स्टेट बिजिनेस बारेमा अप्रिल २७ तारिखमा सेमिनार गर्ने भएको छ । आवासीय अपार्टमेन्टहरु लिंदा ध्यान दिनुपर्ने कुराहरु बारे सेमिनारमा विज्ञहरु द्वारा विस्तृत रुपमा व्याख्या गरिने बताईएको छ ।

जापानमा लगानीको वातावरण बारे बुझ्न, आफ्नै क्षमता प्रयोग गरेर लगानी गर्न पाउने सुविधाहरु लिन प्रिमियर भ्यालु ब्यांकले सेमिनारको आयोजना गरेको बताएको छ ।
जापानमा बसिरहेका विदेशी नागरिकहरु जसले रियल स्टेट बिजेनसमा रुची राख्छन् त्यस्ता व्यक्तिहरुका लागि सेमिनारको आयोजना गरिएको व्यांकले जनाएको छ ।
सेमिनारलाई जापानका प्रख्यात रियल स्टेट बिजेनसम्यानहरुले प्रशिक्षित गर्नेछन् । वार्षिक आम्दानि ¥7,000,000 भएका लगानी कर्ताहरुका लागि यो सेमिनार विशेष रुपमा आयोजना गरिएको आयोजकले बताएको छ । प्रिमियर भ्यालु ब्यांक जापानको प्रख्यात रियल स्टेट कम्पनी हो ।
सेमिनारमा निम्न विषयहरुमा छलफल हुने बताईएको छ ।
• जापानमा रियल स्टेट बिजिनेसको बारेमा सामान्य जानकारी
• लगानी गर्दा हुने फाईदा र बेफाईदा बारे जानकारी
• विभिन्न रियल स्टेट बिजिनेस बारेको अध्ययन
• व्यावहारिक कठिनाई र समाधान बारे व्याख्या
• लगानी बारेको जानकारी र आंकडा कहाँ बाट प्राप्त गर्ने ?
• आंकडालाई कसरि व्याख्या गर्ने
• कस्ता सम्पत्तिहरुमा लगानी र खरिद गर्ने बारेमा विशेष जानकारी
• रियल स्टेट विजेनस गर्दा कस्ता कम्पनीहरु सम्बन्ध अघि बढाउने भन्ने बारेमा जानकारी

सेमिनार हुने स्थान, समय र मिति 

मिति : अप्रिल २७, २०१७

समय : ७:०० pm

स्थान : पालासियो टावर 4F. 3-6-7, किटाआयामा , मिनातो कु , टोकियो, 107-0061

सिट संख्या : ३०

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?