टोकियो । झापाको शनिश्चरे–३ घर भई हाल जापानमा कार्यरत रहेकै बेला मृत्यु भएका खेमराज डाँगीको अन्त्येष्टि यहि अप्रिल २१ मा गरिने भएको छ ।
८ महिना अगाडी जापान आएका डाँगी कामतास्थित राईस सेन्टर (बेन्तो) मा कार्यरत थिए । उनको यही १५ अप्रिलमा मृत्यु भएको थियो ।
डाँगीको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली एवं अन्त्येष्टि २१ तारिक शुक्रवार दिउँसो दुई बजे निशी गोताण्डास्थित किरीगीया साईज्योउमा गरिने तय भएको एनआरएन जापानका उपाध्यक्ष देविलाल भण्डारी जानकारी दिए ।
झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले अन्त्येष्टी कार्यक्रममा सहभागी भई मृत आत्माकोचिरशान्तिको कामना गर्न आग्रह गरेका छन् ।
डाँगीको अस्तु यथाशिघ्र नेपाल पठाउनका लागि आवश्यक सबै तयारी गरिएको पनि काफ्लेले जानकारी दिए । मृतक डाँगीको श्रीमती, छ जर्षका नाबालक छोरा र बाबु आमा नेपालमा छन् ।
डाँगीको पारिवारीक अवस्था अत्यन्तै कमजोर रहेकाले उनको अस्तु नेपाल लान र नाबालक छोराको पठन पाठनमा सहयोग पुर्याउनका लागि जापानस्थित संघ संस्थाहरु र नेपालीहरुमा झापाली समाजले आह्वान गरेको छ । डाँगीको सुतेकै अवस्थामा आकस्मिक मृत्यु भएको थियो ।
श्रद्धान्जली कार्यक्रम १:३० मा तोक्यो तो सिनागावा कु निशि गोताण्डा ५-३२-२० 東京都品川区西五反田5-32-20 मा हुने छ । सहभागिताका लागि देवीलाल भण्डारी ( उपाध्यक्ष – एनआरएन जापान ) ०८०-४७१७-४८८६ तुल्सी पाठक (अध्यक्ष- झापाली समाज जापान) फोन नं : ०९०-३४१६-२०४३, चुडामणि काफ्ले ( महासचिव – झापाली समाज – जापान) ०७०-३८५०-९५९७ राजकुमार कुँवर ( मृतकको सालो ) ०८०-३७०७-९७०० सम्पर्क गर्न सकिने छ । अार्थिक सहयोगको लागि राजकुमार कुँवरकाे खाता नं : १८१२०- ३२२३०४११ मा रकम जम्मा गर्न सकिने छ ।