मुटु रोगी खड्काको उपचारका लागि जापानमा संकलित रकम नेपाल पठाइयो

जाापन । मुटु रोग पीडित बागलुङ दुधिलाभाँटी काफलठुटा–३ निवासी जगरबहादुर खड्काको उपचारार्थ जापानमा रहेका नेपालीहरुले सहयोग रकम संकलन गरेका छन् ।

उनको उपचारका लागि संकलित रकम सुर्य थापाले जापानस्थित जेनिथ रेमिटका कार्यकारी निर्देशकलाई हस्तान्तरण गरे । रेमिटले उक्त रमक बीरामीका आफन्तले पाउनेगरि नेपाल पठाएको छ ।

जापानमा रहेका प्रवासी नेपालीहरुले खड्काको उपचारका लागि एक लाख १२ हजार ६ सय २५ जापानी येन संकलन गरेका थिए ।

खड्काकोउपचारका लागि कमल खत्रीले दुइ हजार, दिपक सहनीले दुई हजार, राजन गौतमले एक हजार, बल खड्काले एक हजार जापानी येन सहयोग गरेका थिए । यस्तै गुरुप्रसाद सापकोटाले पाँच हजार एक सय, नविन निउरेले पाँच हजार, राजु भण्डारीले पाँच हजार पाँच सय, भुपेन्द्र सहनीले दश हजार, सागर सहनीले पाँच हजार सहयोग गरेका थिए ।

यस्तै गोपाल थापाले दुई हजार, टेक खड्काले दुई हजार, खिम खड्काले एक हजार, दिपक सापकोटाले एक हजार, इभापसन्द कडेलले दुई हजार, अर्जुन भण्डारीले एक हजार, लोक भण्डारीले तीन हजार जापानी येन सहयोग गरेका थिए ।

यस्तै उमेस सहनीले दुई हजार, ओम भण्डारीले दुई हजार, पितम भण्डारीले पाँच हजार, टिका केसीले दुई हजार एक सय, देव खत्रीले दुई हजार, राम बोहोराले दुई हजार, देव खत्रीले दुई हजार, बराल बिबिले दुई हजार, शान्त खत्रीले पाँच हजार, दुर्गा खड्काले पाँच हजार, रुविन खत्रीले दुई हजार, ओम भण्डारीले पाँच हजार येन सहयोग गरेका थिए ।

यस्तै डम्बर भण्डारीले दुई हजार, निष्ना भण्डारीले दुई हजार पाँच सय २५, सन्तोष भण्डारीले दुई हजार, प्रेम थापाले एक हजार, रविन भण्डारीले तीन हजार तीन सय र ग्यान भण्डारीले दुई हजार येन सहयोग गरेका थिए ।

लामो समयदेखि मुटु रोगबाट पीडित खड्काको उपचारमा सहयोग गर्नका लागि जापानमा रहेका युवाहरुले पहल थालेका थिए ।

खर्च अभावका कारण आवश्यक उपचार गर्न नपाएका खड्का लामो समयदेखि थला परेका छन् ।

सानो सहयोगले खड्काले नयाँ जीवन पाउने र उनको परिवारमा खुसी छाउने भएकाले जापानमा रहेका युवाहरुले सहयोग अभियान चलाएका थियो । उनको सहयोगार्थ विश्वका विभिन्न देशहरुमा पनि सहयोग संंकलन अभियान चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?