उत्तरसँग युद्धको खतरा बढेपछि प्रधानमन्त्री आबेले सुनाए जापानीहरुको सुरक्षाको नयाँ योजना

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरिया प्रायद्धिपमा रहेका जापानी नागरिकहरुकोसुरक्षाका लागि विशेष कदम चालीने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री आबेले जापानी सम्सदको माथिल्लो समितिमा बोल्दै कोरिया प्रायद्धिपमा हुनसक्ने सम्भावित खतराबाट जापानी नागरिकलाई बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

उनले जापान सरकारले प्रहरी प्रशासनलाई जानगरिकको जीउ धानको रक्षाका लागि विषेश योजना बनाउन निर्देशन दिइसकिएको बताए ।

प्रधानमन्त्री आबेले उत्तर कोरियाले आफ्नो सैन्य शक्ति देखाउने प्रयत्न गरिरहेको तर, आफुहरु राजनीतिक रुपमा शान्ति स्थापनाका लागि प्रतिवद्ध रहेको बताए ।

उनले उत्तरमाथि राजनीतिक र कुटनीतिक दवावको आवश्यकता रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?