खराब मौषमका कारण जापानका विभिन्न ठाउँमा यातायात अवरुद्द

जापान । जापानको मौषम विभागले मंगलवार पूर्वी तथा उत्तरी जापानी भूभागहरुमा उच्च वर्षा तथा हावाहुरी आउने अनुमान गरेको छ ।

विभिन्न ठाउँहरुमा बाढी तथा पहिरो पनि आउन सक्ने चेतावनी मौषम विभागले दिएको छ । खराव मौषमका कारण जापान एयरलाइन्सले एघार घरेलु हवाईउडान रद्द गरेको छ ।

निप्पोन एयरवेजको १२ वटा हवाईउडान तत्कालका लागि अवरुद्द गरिएको छ । उच्च वेगको आँधीबेहरीको कारण टोक्यो र अटामी बाट प्यासिफिक क्षेत्रमा चल्ने पानिजहाजहरु पनि चलाईएको छैन ।

चिवा र कानागावा क्षेत्रमा चल्ने समुन्द्री यातायातका सुविधाहरु पनि खराब मौषमका कारण रोकिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?