जापानका वैज्ञानीकको अर्को चमत्कार, अब ड्राइभर विना नै सामान बोकेर गुड्नेछन् गाडी

टोकियो । जापान, प्रविधिको विकासमा विश्वकै नमुना देश हो । जापानले बेला बेलामा विश्वलाई नै चक्मा खुवाउने नयाँ नयाँ प्रविधिको विकास गरिरहेको हुन्छ ।

पछिल्लो समय अणुको अध्ययन गर्ने यन्त्रको विकास गरेको जापानले फेरि अर्को नयाँ आविश्कार गरेको छ । जापानका दुई अनलाइन कम्पनीले चालक बिनाको गाडी निर्माण गरेको छ, जस्ले घर घरमा पुगेरै सामान वितरण समेत गर्दछ । बैज्ञानीकहरुले लामो परिक्षण पश्चात् यस्तो गाडी ल्याएका हुन् ।

हाल परिक्षणका रुपमा सञ्चालनमा रहेका ती गाडीले सामान डेलिभरिको काम गर्छ । सामान फिर्ता ल्याउने र नपुगेको पुर्याउने काम समेत गर्दछ ।

जापानमा पछिल्लो समय मार्केटिङको गाडी चलाउने चालकहरुको अभाव छ । हाल परिक्षणमा रहेका यी गाडी चाँडै नै व्यावसायीक रुपमा सञ्चालनमा आउने छन् ।

जस अनुसार सामान अर्डर गर्ने हरेक व्यक्तिको सामान फरक फरक लकरमा राखिएकोहुन्छ भने क्रेतालाई लकरकोपिन कोड दिइन्छ । गाडी आफ्नो घरमा आइपुगेपछि क्रेताले लकरको पीन कोड थिचेर सामान लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?