फुकुओकामा भएको बस दुर्घटनामा २३ जना घाइते, एकको अवस्था गम्भिर

टोकियो । जापानको फुकुओकमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तिमा २३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर छ ।
फुकुओकास्थित अग्नी नियन्त्रण एकेडेमिका प्रशिक्षक र कर्मचारी बोकेर गइरहेको बस दुर्घटनामा परेको हो ।

जापानी सञ्चार संस्था एनएचकेका अनुसार तिब्र गतिमा गुडिरहेको बसलाई विपरित दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।

बसमा एकेडेमिका प्रशिक्षक र कर्मचारी गरि ५४ जना सवार थिए ।

दुर्घटनामा परि घाइते भएका २३ जनालाई फुकुओकास्थित अस्पतालमा भर्ना गरिएको छ । एक घाइतेको अवस्था गम्भिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सापेक्षीत आद्रता कम भएका कारण दुर्घटना भएकोहुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?