सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाउनेले ‘धुर्मुस सुन्तली साँझ’ को टिकट पाउने

जापान । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ ।

लक्की ड्र मार्फत दैनिक ३ जनालाई धुर्मुस सुन्तली साँझका लागि फ्री टिकट प्रदान गर्ने योजना अघि सारिएको हो । साथै अप्रिल ३० मा सम्पन्न हुने धुर्मुस-सुन्तली साँझमा सहभागीहरुले टिकटको अर्धकट्टी लिएर आउनेले सिटी एक्सप्रेसबाट नेपालका शाखाहरुमा पैसा पठाउँदा सर्भिस चार्ज नलाग्ने सुविधा सिटी एक्सप्रेसले बताएको छ ।

नेपालमा भूकम्प पीडित तथा अन्य दुखि गरिवहरुलाई सहयोग गर्ने उदेश्यले अघि बढेको धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस-सुन्तली साँझ २०१७’ आयोजना गरिएको आयोजक कम्पनी सनराईज कर्पोरेसन लिमिटेडले जनाएको छ ।

धुर्मुस सुन्तली साँझका लागि कलाकार तथा कार्यक्रम संचालक दिनेश डिसी, पप गायक दिपक बज्राचार्य, हास्य कलाकार धुर्मुस, सुन्तली र बाङ्गे बाको विशेष प्रस्तुतीका लागि जापान आउँदै छन् । धुर्मुस सुन्तली सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर र धुर्मुस सुन्तली साँझ २०१७ कार्यक्रमका इभेन्ट स्पोन्सर समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?