उत्तरको सम्भावित आक्रमण प्रति जापान सचेत, प्रधानमन्त्री आबेले भने–हामी तयार छौं

टोकियो । जापानले उत्तर कोरियाद्धारा हुनसक्ने कुनै पनि सम्भावित भड्काउ तथा अन्य हमला प्रति सचेत रहेको जनाएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले संसदको तल्लो सदनमा बोल्दै उत्तर कोरियाली प्रायद्धिपमा परमाणु निसस्त्रीकरण जापानको मुख्य लक्ष्य भएको बताए ।

प्रधानमन्त्री आबेले उत्तर कोरियासँग भएको सरिन नर्व नामक ग्यास पनि मिसाइल निर्माणमा प्रयोग भैरहेको हुनसक्ने बताए । जापान सरकार सम्बन्धीत देशको साथ र सहयोग उत्तरलाई दवाव दिने पक्षमा रहेको छ ।

कुनै पनि आकस्मिक घटनाका लागि तयारी तयारी अवस्थामा रहनका लागि जापानले हाल अमेरिकासँग सहकार्य गरिरहेको छ ।

उत्तर कोरियाली तटमा करिब समुद्र क्षेत्रको छेउछाउमा सैन्य गतिविधि पनि बढेको छ भने जापान र अमेरिकाले समुद् सुरक्षाका लागि जलसेना तैनाथ गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?