टोकियो । जापान सरकारको एक सर्वेक्षण अनुसार देशको जनसंख्या लगातार कम भैरहेको छ भने वृद्ध मानिसहरुको जनसंख्या बढीरहेको छ ।
जापानको गृह मन्त्रालयले निकालेको प्रतिवेदन अनुसार अघिल्लो वर्षको अक्टोबरसम्म विदेशमा रहेकाहरुको समेत जोडेर जापानको जनसंख्या लगभग १२ करोड ८० लाख थियो ।
यो आंगडा त्यस भन्दा अघिल्लो वर्षको तुलनामा एक लाख ६२ हजार कम हो ।
अझ रोचन कुरा त पछिल्ला छ जर्षदेखि लगातार जनसंख्या घटीरहेको प्रतिवेदन आएको हो ।
६५ वर्ष भन्दा माथि उमेर समुहको जनसंख्या २७ दशमलव ३ प्रतिशत देखिएको छ । १९५० देखिको तुलनात्मक आँकडा अध्ययन गर्दा यो अहिलेसम्मकै सबैभन्दा बढी अनुपात हो ।
१५ वर्ष भन्दा कम उमेर समुहका बालबालिकोको संख्या १२ दशमलव ४ प्रतिशत रहेको छ । बृद्धहरुको संख्या बढ्नु र बालबालिकाको संख्या घट्नुलाई चिन्ताको विषय भएको जनसंख्याका विज्ञहरुले जनाएका छन् ।