आर्थिक मन्दीले चीन तल झर्यो, जापान विश्वकै चौथो कारोबारी देश

टोकियो । अमेरिका विगत तीन वर्षदेखि लगातार विश्वको सबैभन्दा ठुलो कारोबार हुने देश भएको छ ।

विश्व व्यापार संगठनले निकालेको प्रतिवेदन अनुसार अमेरिकाको व्यापार मुल्य ३७ खर्ब डलर छ ।

यता चीनको ३६ खर्ब ८० अर्ब कारोबार छ । चीनको आयतमा ५ रनिर्यातमा ८ प्रतिशत गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । रिपोर्ट अनुसार चीनको अर्थ व्यवस्थामा निरन्तरको मन्दीले समस्या आएको छ ।

यता विश्वकै तेस्रो ठुलो आर्थिक शक्तिका रुपमा रहेको जापान व्यापार कारोबारमा भने चौथो स्थानमा परेको छ । जर्मनी तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?