सि अफ जापान जोगाउन सुगाको सक्रियता

टोकियो । पछिल्लो एक महिनाको बीचमा चारवटा ब्यालेस्टीक मिसाइल प्रक्षेपण गरेसँगै उत्तर कोरियाका बीरुद्ध विश्व शक्तिहरु एक हुने लक्षण देखिएको छ ।
जापान सरिकारले अमेरिका रचीनलाईयो मामलामा एक बनाउने प्रयास गरिरहेको छ ।

जापान सरकारका मुख्य सचिव योसिहिदी सुगाले यसको पहल थालेका छन् । प्रधानमन्त्री सिन्जो आबेको निर्देशन पश्चात् सुगाले अमेरिकी र चिनियाँ उच्च अधिकारीहरुसँग वार्ता थालेका हुन् ।

द सि आफ जापानमा उत्तरले निरन्तर मिसाइल परिक्षण गरेसँगै कोरिया द्धिपमा तनाव बढीरहेको छ ।

बिहीबार मात्रै सुगाले जापानस्थित अमेरिकी उच्च कुटछनीतिज्ञसँग छलफल गरेका छन् । यस्तै चिनियाँ अधिकारीहरुसँग पनि छलफलको तयारी भैरहेको छ ।

चीन पनि उत्तरको आतंकबाट बच्नका लागि त्रिदेशीय सहकार्यमा सहमत हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?