ट्रम्प रिसाएपछि जापानी कम्पनी टोयोटाले भन्यो–अब अमेरिकामै १ अर्ब ३० करोड डलर खर्च गर्छौं

टोकियो । टोयोटा कम्पनीका अधिकारीहरुले अमेरिकी राज्य केन्टमा रहेको आफ्नो कारखानाको अत्षधुनिकीकरणका लागि एक अर्ब ३० करोड लगानी गर्ने बताएका छन् । 

जापानी सवारी उत्पादक कम्पनीले यो योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका सर्वोपरि नीति प्रेरीत रहेको जनाएको छ ।
केन्टमा रहेको यो कम्पनी १९८० को दशकमा स्थापना भएको हो ।

यो टोयोटाको विश्वकै सबैभन्दा ठुलो कारखाना हो । यहाँ ८ हजार दुईसय बढीले काम गर्दछन् ।

ट्रम्पले जनवरीमा मेक्सीकोमा स्थापना गर्ने भनिएको टोयटा कम्पनीको कारखानाको विरोध गर्दै अमेरिकाकै कम्पनीलाई बलियो बनाउने आग्रह गरेका थिए ।

अमेरिकाको उक्त कम्पनीमा उत्पादीत सवारीहरु मेक्सीको लगायतका देशहरुमा निर्यात हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?