जापानी प्रधानमन्त्री आवे र रसियाका राष्ट्रपति पुटिन बिच भेटवार्ता हुँदै

जापान । जापानी प्रधानमन्त्री शिन्जु आवे अप्रिल महिनाको २७/२८ तारिखमा रसियाको भ्रमणमा जाने भएका छन् । आवेको भ्रमणका लागि रसियाका अधिकारीहरुले तयारी समेत थालिसकेको बताएका छन् ।
जापानको नयाँ पार्टी दईचीका अध्यक्ष मुने सुजुकीले रसियाका विदेशी मन्त्री इगोर मोरगुलोभ संग मस्कोमा मंगलवार वार्ता गरेपछि आवेको भ्रमणबारे जानकारी प्राप्त भएको हो ।
दईचीका अनुसार रसियाका सरकारी अधिकारीहरुले जापानी प्रधानमन्त्री आवे र रसियाका राष्ट्रपति पुटिन विच दुई दिने भ्रमणको क्रममा वार्ता समेत गर्ने गरि तयारि थालेको बताएका छन् ।
भ्रमणको क्रममा रसियाले दोस्रो विश्वयुद्द पछी कब्जा गरेको जापानका ४ वटा समुन्द्री टापुहरुको विषयमा, दुई देश विचको व्यापार र आर्थिक सम्झौताहरुको बारेमा आवेले पुटिनसंग वार्ता गर्ने जनाईएको छ ।

सुजुकी र मोरगुलोभले सामुहिक रुपमा आफ्नो धारणा राख्दै सिरियामा अमेरिकाको मिसाईल हमलाले दुई आवे र पुटिनको भ्रमणलाई असर नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?