सिरिया समस्या समाधानको लागि अमेरिका र रसियालाई मनाउँदै जापान

जापान । सिरिया उत्पन्न वर्तमान समस्याको समाधानको लागि जी सेभन अर्थात सात राष्ट्रहरु मिलेर अघि बढ्ने जापानी विदेशमन्त्री किशिदाले बताएका छन् । 

इटालीमा सात राष्ट्रका विदेशमन्त्रीहरु विच सम्पन्न ‘ जी सेभन ’   बैठक पछी किशिदाले बैठकमा सिरिया र उत्तर कोरियाको गतिविधिहरुको बारेमा गम्भीर कुरा भएको बताएका हुन् ।

बैठकमा जारि संयुक्त वक्तव्य बारेमा आफ्नो धारणा राख्दै किशिदाले जी सेभेन राष्ट्रहरुले रसियालाई सिरियाको समस्या समाधानका लागि सघाउन अनुरोध गरेको बताएका छन् ।

जी सेभन बैठकको सन्देश सुनाउन अमेरिकाका एक राज्यका सचिव रसिया भ्रमणमा जाने किशिदाले बताएका छन् । साथै त्यो भ्रमणको तयारी र छलफल जापानले  गर्ने र त्यसको जानकारी ७ राष्ट्रहरुलाई गराउने समेत किशिदाले बताएका छन् ।  जी सेभन अन्तर्गत जापान, अमेरिका, जर्मनी, बेलायत, ईटाली, फ्रान्स र क्यानडा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?