वैदेशिक लगानी अनुगमन समितिमा एनआरएन जापानका सल्लाहकार श्रेष्ठ नियुक्त

काठमाडौं । जापानमा स्थापित व्यवसायी महेश श्रेष्ठ वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा मनोनित भएका छन् । नेपाल सरकारले श्रेष्ठलाई उक्त समितिमा मनोनित गरेको हो ।

मार्च २ र ३ तारिक काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको निर्णय बमोजिम उक्त समिति गठन गरिएको हो । श्रेष्ठलाई गैरआवासीय नेपाली संघका तर्फबाट समितिमा मनोनित गरिएको हो ।

विभिन्न मन्त्रालयका सचिव, नेपाल राष्ट्रबैंकको गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत उक्त समितिमा रहने छन् ।

उक्त समितिमा सरकारले गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई प्रतिनिधित्व गराएको हो।

श्रेष्ठको जापानमा रेष्टुराँ, मनि ट्रान्सफर लगायतका व्यवसाय सञ्चालनमा छन् ।

श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक र गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत रहेका छन्। श्रेष्ठको नेपालमा हाइड्रो, पर्यटन, बैंकिङ, आइटी लगायतका क्षेत्रमा समेत लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?